पाेखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका भनिएका हायू परिवारका सबै १६ जना सदस्य पोखराको गगनगौंडा क्षेत्रबाट फेला परेका छन्। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले जानकारी दिए। उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।
प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरूले आफूहरू पोखरामा मजदुरी (लेबर) काम गर्न आएको बताएका छन्। प्रहरी अनुसन्धान अनुसार, हायू परिवार पोखरामा केही दिन बस्ने योजनासहित आएको खुलेको छ। उनीहरूले सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर पोखरा आएका थिए। पोखरा आएपछि पहिलो दिन होटलमा बसेका उनीहरू त्यसपछि स्थानीय घरमा सरेर बसेका थिए।
यसअघि, हायू परिवार शुक्रबारदेखि सम्पर्कविहीन बनेपछि खोजी कार्य थालिएको थियो। परिवारका एक सदस्य, २१ वर्षीया सुजता हायू मात्रै प्रहरी सम्पर्कमा आएकी थिइन्।
सिन्धुली प्रहरीको विज्ञप्ति









प्रतिक्रिया