अत्तरिया (कैलाली)
पछिल्लो समय जहाँत्यही विद्युत गुनासो सुनिन्छ । विद्युत् अवरुद्ध भइरहँदा लोडसेडिङ हुने हल्ला पनि सुनिन थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन् । एक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको जानकारी दिएका छन् ।
मन्त्री खड्काले गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ (बत्ती जाने गरेको) बताउदै भने,‘वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”








प्रतिक्रिया