८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा



काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनछेक बहसपछि अहिराजलाई पुर्पक्ष थुनामा राख्न आदेश जारी गरेको हो।

अहिराजविरुद्ध एक महिलाले ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। उक्त उजुरीका आधारमा प्रहरीले उनलाई ४ साउनमा पक्राउ गरेको थियो।

पक्राउपश्चात् ९ दिनसम्म अनुसन्धान गरी प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। त्यसपछि अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

यसअघि, अहिराजले भने आफू निर्दोष रहेको दाबी गर्दै उल्टै उजुरी दिने महिलाविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनेफिट) सम्बन्धी मुद्दा दायर गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।