२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्युको पोस्टरमा कौतुहल बढाउने ‘कारागार’को तस्विर



काठमाडौं
चलचित्रको प्रचारका लागि निर्माण पक्षले विभिन्न प्रचार सामाग्री सार्वजनिक हुन्छन् । कतिपय चलचित्रकर्मीले अनेकौं फण्डा निकालेर चलचित्रको प्रचार गर्न भ्याइरहेका हुन्छन् ।

यही भदौ २७ गते देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ले भने दर्शकलाई कौतुहल बढाउने पोस्टर सार्वजनिक गरिरहेको छ ।

निर्माण पक्षले चलचित्रको निरन्तर पोस्टर निकालिरहेको छ । पोस्टरमा पात्रैसँगै जिल्ला कारागार मोरङको तस्विर राखिएको पाइन्छ । जिल्ला कारागारको दृश्य टिजरमा पनि देख्न सकिन्छ । निर्माण पक्षले सो कारागठारबारे थप केही बताएको छैन ।
हरेक पोस्टरमा कारागारको तस्विर किन राखिएको होला भन्ने कौतुहलसँगै चलचित्रको कथावस्तुबारे अड्कलबाजी गर्न थालिएको छ । कारागारको पोस्टरले चलचित्र क्राइम विधालाई प्रधानता दिइएको हुनसक्छ ।

भर्खरै सार्वजनिक गरिएको पोस्टरमा कामेश्वर चौरसियासँगै कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् ।

यो पोस्टरमा पनि जिल्ला कारागार मोरङ छुटेको छैन । चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते संसारभर प्रर्दशनको तयारीमा छ । चलचित्र हिन्दी भर्सनसहित वल्र्डवाइड प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ । चलचित्रको डेब्यु निर्देशक सुशान्त गौतमले निर्देशन गरेका छन् भने निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।