२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा भेला, मन्त्रिपरिषद हेरफेरलगायत विषयमा छलफल



काठमाडौं । सत्तारूढ गठबन्धनका प्रमुख नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र एमाले उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार बैठकमा संघीय मन्त्रिपरिषद पुनःगठन, बागमती प्रदेश सरकारको नेतृत्वसम्बन्धी विषय र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ।

हालै सत्तागठबन्धनभित्र मन्त्री पदको बाँडफाँट, प्रभावशाली मन्त्रालयमा समन्वय, तथा प्रदेश सरकारहरूमा नेतृत्व परिवर्तनका सम्बन्धमा आन्तरिक मतभेद देखिँदै आएको थियो। यिनै विषय समाधानका लागि उच्चस्तरीय छलफल भएको जनाइएको छ।

बालुवाटारमा जारी बैठकले मन्त्रिपरिषद हेरफेरको प्रारम्भिक खाका तय गर्ने सम्भावना रहेको छ। छलफल सकारात्मक दिशामा अघि बढिरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।