२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेन्द्र शाहले जनकपुर फिस हाउसमा माछाको स्वाद चाखे 



काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।
मेयर शाहले मास्टरसेफ सन्तोष शाह र उनका दाजु दिलीप शाहद्वारा सञ्चालित जनकपुर फिस हाउसमा आज साँझ माछाका परिकारको स्वाद लिएका हुन् ।
“यहाँ तयार पारिएका परिकारले तराईमा माछा खाएको स्मरण गरायो । काठमाडौँमा पनि जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लागेको छ”, मेयर शाहले भने ।मेयर शाह पत्नी सबिना काफ्लेसँग मिथिला थाली पुगेका थिए ।
मास्टर सेफ शाह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन्  । उनले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट तथा गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गरेका छन् । साथै उनले जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले शाहद्वयले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।