२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्ने बुढा’ले गरे महायज्ञमा २५ हजार सहयोग



ललितखबर
लोकप्रिय अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले सोमबार पशुपतिमा आयोजित संकटमोचन महायज्ञमा सहभागी भएर रु.२५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
मानवसेवा फाउण्डेसनले भक्तपुरको ताथलीमा आमाको घर र ललितपुर गोदावरीमा मामाघर आश्रम स्थापना गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा चलचित्र माग्ने राजाको प्रचारको क्रममा सहभागी हुने क्रममा उनले सो घोषणा गरेका हुन् ।
चलचित्रको प्रचारको क्रममा महायज्ञमा केदार घिमिरे ‘माग्नेबुढा’सहित अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्य तिमल्सिनालगायतको महायज्ञमा सहभागिता जनाएको थियो । महायज्ञमा सहभागी कलाकारहरुलाई आयोजकले पञ्चैबाजा सहित कार्यक्रमस्थलमा स्वागत गरेको थियो ।
सहभागीहरुलाई महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्णमूर्तिले स्वागत गरेका थिए । कलाकारहरुलाई दुवोको माला लगाएर सम्मान गरिएको थियो भने मायाँको चिनोसहित विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै कलाकार माग्नेबुढाले फाउण्डेसनले धार्मिक जागरणका लागि महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गरे । अभिनेत्री बर्षा सिवाकोटीले आफू मानव सेवा फाउण्डेसनको हरेक कार्यक्रममा सहभागी हुँदा खुशी लाग्ने अनुभव सुनाएकी थिइन् ।

 

‘माग्ने राजा’ टिम महायज्ञस्थलमा पुगेर सामाजिक कार्यमा सहयोग गर्दै आफ्नो सिनेमाको प्रमोसनमा जुटेको हो।
यो महायज्ञमा सिनेमाकर्मीको सहयोग जुट्ने क्रम जारी छ। शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि सोही महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन्।

यतिबेला ‘माग्ने राजा’ टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिइरहेको छ। सिनेमालाई लिएर दर्शकहरु पनि निकै उत्साहित छन्।

 

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।