२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ



काठमाडौँ
लागुऔषध नियन्त्रण ब्यूरोले सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले लाओसबाट बंैकक हुँदै काठमाडौँ आएका भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र सोही स्थानबाट आएका भारतको इरोद, तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अहमदलाई साउन १७ र भेललाई साउन १८ गते पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन् । प्रहरीले निजहरूको साथबाट सात किलोग्राम ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको सहप्रवक्ता निरौलाले बताएका छन् ।
निजहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।