२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बलिदान’का चार पात्रको अवतार सार्वजनिक



 

काठमाडौं
चलचित्र ‘बलिदान’का चार पात्रको अवतार सार्वजनिक गरिएको छ ।

पोस्टरमार्फत सार्वजनिक अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिका दर्शाउने किसिमको देखिन्छ ।

निर्देशक सन्तोष सेनका अनुसार यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेका छन् ।

चलचित्रमा खलनायक पात्रमा अभिनय गरेका हेमन्तको भूमिकाबारे निर्देशक सेनले भनेका छन्,‘उनको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’

अर्पण थापा पात्रका रूपमा आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्ने किसिमको देखिन्छ ।

अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक पात्रको रुपमा प्रस्तुत छिन् भने निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा छन् भन्ने देखिन्छ ।

आसुसेन फिल्म्स् प्रा.लि.को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।

चलचित्र यस वर्षको असोज १३ गते वडा दसैँको फूलपातीको अवसरमा प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।