निजगढ (बारा)
फलाम उठाउने क्रममा आफैलाई लागेर क्रेन अपरेटरको निधन भएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका ९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को निधन भएको हो ।
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको निधन भएको हो ।
फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिएका छन् ।








प्रतिक्रिया