ललितपुर
आजबाट देशभरका चलचित्र भवनहरुमा नयाँ चलचित्र ‘मोहर’ र ‘सिटामोल’ प्रर्दशन सुरु भएको छ ।
प्रर्दशनको रहेका चलचित्रहरु ‘मोहोर’ र ‘सिटामोल’को अग्रिम टिकट खुलेपनि अधिकाशं हलको बिक्रीको अवस्था निराशाजनक देखिएको छ । क्युअफएक्स चेन हलहरुमा चलचित्रको टिकट दुई चारवटा मात्रै भएको देखिन्छ ।
चलचित्र ‘मोहर’ लाई ओम प्रतिकले निर्देशन गरेका हुन् भने ‘सिटामोल’का निर्देशक राजबहादुर साने हुन् ।
चलचित्र सिटामोलमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय हेर्न सकिन्छ ।
चलचित्र ‘मोहर’मा भने अभिनेत्री बेनिशा हमाल,पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ ।
गतसाता चलचित्र ‘रियाल रिंगेट’ प्रर्दशन सुरु भएको थियो । हलहरुले बेला न कुबेला होजहरु दिएको भन्दै निर्माताले चलचित्र हलबाट उतारेका छन् । पछिल्लो साता प्रर्दशनमा आएको हिन्दी चलचित्र सायराले हलहरुमा राम्रो व्यापार गरिरहेको छ ।
बक्सअफिसमा नेपाली चलचित्रको व्यापार केही समयदेखि निराशाजनक भइरहेको देखिन्छ ।








प्रतिक्रिया