टेलिचलचित्रमा चर्चा कमाएका सबैजसो कलाकार आजकल ठूलो पर्दाको चलचित्रमा व्यस्त हुन थालेका छन् ।
दिपकराज गिरी दिपाश्री निरौलाले सुरु गरेको ठूलो पर्दाको यात्रा पछ्याउदै केदार घिमिरे, जितु नेपाल,दमन रुपाखेती, कुञ्जना घिमिरेदेखि सिताराम कट्टेल, कुमार कट्टेलसँगै विल्सन विक्रम राई पनि जमेकै छन् ।
विल्सन विक्रम राई कलाकारको रुपमा मात्रै होइन अब निर्देशक बनेर चलचित्रमा आउने तयारीमा छन् । उनीद्वारा निर्देशित चलचित्र ‘मैझारो’ इलाममा धमाधम छायांकन भइरहेको छ ।
साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको चलचित्रको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईले यस चलचित्रको कथा र पटकथा समेत लेखेका हुन्।
चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ।
सौरभ लामाले छायांकन गरेका चलचित्रको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।








प्रतिक्रिया