८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्दः आयोग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले भैरहवा कारागारको अनुगमन गर्दा आधारभूत सुविधाको अभाव देखिएको बताएका छन्।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। पर्याप्त शौचालयको व्यवस्था नभएको र रहेका शौचालयको अवस्था पनि सन्तोषजनक नरहेको उनले बताइन्।

थापाले रास्वपा सभापति रवि लामिछानेको कोठामा वातानुकूलित एसी नरहेको र झ्यालहरू प्लाइउडले टालिएकाले हावा आवतजावत सहज रूपमा हुन नसकेको प्रष्ट पारिन्। उनका अनुसार लामिछानेको कोठामा एउटा सामान्य चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने जस्तो ठूलो पंखा मात्र रहेको छ।

जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको बताएको भए पनि, मानवअधिकार आयोगको टोलीले झ्याल खोल्न सुझाव दिएपछि प्रशासन त्यसमा सहमत भएको थापाले जानकारी दिइन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।