२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट दिए राजीनामा



काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसद बैठकमार्फत पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषा घुसाइएको आरोपपछि उनी विवादमा थिए।

खतिवडाले राजीनामाको घोषणा गर्दै विधेयकमा आफ्नो हस्ताक्षर भएकाले नैतिक जिम्मेवारी लिएर यस्तो निर्णय गरेको बताए। उनले सुरुबाटै दुई वर्षे कुलिङ पिरियडको पक्षमा रहेको र प्रतिवेदन तयार गर्दा त्रुटि भएको दाबी गरे।

संसदीय विशेष समितिले २७ दिनको छानबिनपछि खतिवडासहित केहीलाई जिम्मेवार ठहर गरेको थियो। तर खतिवडाले आफ्नो व्यक्तिगत स्वार्थ नभएको र छानबिन समितिले आफूलाई दोषी भनेको नभएको पुनः स्पष्ट पारे।

उनले भने, “पदभन्दा प्रश्नलाई माथि राखेर हाँसीहाँसी राजीनामा दिँदैछु।” उनले विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको आरोप समेत लगाएका छन्।

 

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।