ललितखबर
यही भदौं ६ गतेबाट चलचित्र ‘जनै हराएको मान्छे’ प्रर्दशनको तयारीमा छ । केही दिनअघि चलचित्रको प्रचारात्मक सामग्री ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षका निर्देशक, निर्माता र अभिनेता खुलेर बोल्नै मानेनन् ।
कार्यक्रम प्रस्तोता मदन रिजालले चलचित्रका बारेमा बोल्न २ मिनेटको समय दिएर निर्देशक हिमाल न्यौपानेलाई माइक दिए । तर निर्देशक न्यौपानेले चलचित्रको ट्रेलरले नै सबै बोल्ने भन्दा १५ सेकेण्डमै फिर्ता गरे ।
चलचित्रका मुख्य कलाकार विजय बराल के बोल्ने र ? भन्दै ‘आफूले गरेको काम नै बोल्ने’ तर्क गर्दै एउटा कविता भट्याए अनि विट मारे । निर्माताहरु ‘चलचित्र राम्रो बनेको छ’ भन्दा बाहेक बोल्ने कुरै भएन ।
सहभागी केकी अधिकारी पत्रकारहरुको प्रश्नबाट पञ्छन ‘मैले विगतका सबै कुरा बिर्से’ भन्दै बोल्न चाहिनन् ।
पछिल्लो समय चलचित्रको बारेमा विभिन्न फण्डा निकालेर चर्चामा आउन चलचित्रकर्मीहरु प्रतिश्पर्धामा उत्रेका छन् । तर चलचित्र ‘जनै हराएको मान्छे’का निर्माण टिम र कलाकारहरु पर्दामा आउने चलचित्र नै बोल्छ भन्दै बोल्नै मान्दैनन् ।
चलचित्रको प्रचार सामाग्रीहरु पनि उही पूर्ण बहादुरको सारंगीको जस्तै मान्छे रुवाउने दृश्य देखिन्छ । जहाँ एकै किसिमको चलचित्रको निर्माण गर्ने नेपाली चलचित्रको परम्परा धानेको बुझ्न गाह्रो पर्दैन ।








प्रतिक्रिया