ललितपुरको बंगलामुखी मन्दिरमा नयाँ चलचित्र ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ ।
निर्माण पक्षले क्यामेरा पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको छायांकन केही दिनमा काठमाडौंमा सुरु बताइएकोेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा माइकल चन्दको निर्देशनमा बन्न लागेको यो चलचित्र चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर प्रर्दशनमा ल्याउन लागिएको हो ।
निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् । भट्टको एक्सन छवि पोष्टरमा पनि प्रष्ट झल्किएको छ ।
चलचित्र ‘राम नाम सत्य’मा विराज भट्टको साथमा सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ ।
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् ।
निरज ठकुरी क्रियटिभ निर्देशक रहेको फिल्ममा नविन जंग शाही कास्टिङ डिरेक्टरको रुपमा छन् ।
बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको चलचित्र बताए
नायक विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो चलचित्रमा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए । यस्तै, नायक सुशिल श्रेष्ठले पनि चलचित्रको कथावस्तु उत्कृृष्ट रहेको सुनाउँदै सबैको साथको अपेक्षा रहेको बताए ।








प्रतिक्रिया