८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समाचारप्रति असहमती जनाउदै पत्रकार बानियाँको हातखुट्टा भाँचिदिने धम्की



काठमाडौं
प्रकाशित समाचारप्रति असहमती जनाउदै ट्रमा सेन्टरकी उक कर्मचारीले पत्रकार महासंघ काठमाडौंका सदस्य इन्द्र बानियालाई धम्की दिएकी छिन् ।
समाचारप्रति असहमतस्ी जनाउदै यहाँ कार्यरत केही कर्मचारीहरुले पत्रकार बानियाँमाथि भौतिक आक्रमण गरेर हातखुट्टा भाँच्ने धम्की दिएका हुन् ।
उनले केही समय अघि ट्रमा सेन्टरमा आर्थिक लेनदेनपछि कर्मचारी नियुक्ती भएको र सो घटनाप्रति स्वास्थ्यमन्त्री मौन रहेको समाचार प्रकाशित गरेका थिए ।
धम्कीप्रति घोर भत्र्सना गर्दै पत्रकार महासंघ काठमाडौंले विज्ञप्ती प्रकाशन गरेर विरोध जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘घटनाको तत्काल निश्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषिलाई कानून बमोजिम कडा कारवाहीको माग गर्दैछौं ।’

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।