ललितखबर
मानिसका लागि सधै पैसा महत्वपूर्ण छ । यहाँ हरेक व्यक्ति पैसाको पछि दौडिरहेका छन् ।
तर चलचित्र निर्देशक ऋषि लामिछाने पैसाको पछि दौड्ने गरेको देखिदैन । पछिल्लो चलचित्र माग्नेराजा प्रर्दशनको पुर्वसन्ध्यामा भएको कुराकानीका क्रममा उनले आफै पैसाको पछि दौडेर चलचित्र बनाउनतिर नलागेको बताउछन् ।
पछिल्लो समय एउटा चलचित्र बनाउन करोडभन्दा माथि खर्च हुन्छ । चलचित्रका पात्रहरुले लाखौं पारिश्रमिक लिएर काम गरिरहेका हुन्छन् । बजारमा चलचित्रका कलाकारहरुले लिएरका पारिश्रमिकको अनेकौं कोणबाट चर्चा र बहस भइरहेको सुनिन्छ ।
तर, चलचित्रका लागि सधै श्रृजनाका कुरा गर्न रुचाउने उनी भन्छन्, ‘पैसा पक्कै पनि महत्वपूर्ण छ । चाहिन्छ पनि । तर एउटा निर्देशक पैसाको पछाडि लागेर काम गर्ने होइन । उसले श्रृजनाको कुरा गर्ने हो । कलाको विषयमा सोच्ने हो ।’
ठूलो पर्दाको चलचित्रमा स्थापित निर्देशक लामिछाने सफल चलचित्रको कमी छैन । नेपाली चलचित्र क्षेत्रमा सहजै बिक्न सक्ने क्षमता भएका निर्देशक लामिछाने भने सानो पर्दा टेलिचलचित्रमा काम गर्न छोड्ने पक्षमा छैनन । उनी अझैं केही टेलिसिरियलमा काम गर्ने तयारीमा छन् । दर्शकका लागि चलचित्र बनाउने बानी परेका उनी दर्शकले राम्रो चलचित्र हेर्न चाहना राख्नेमा ढुक्क छन् । दर्शकको ढुकढुकी सुनेर चलचित्र बनाउन खप्पिस निर्देशक लामिछाने सफल पनि छन् ।नपाली चलचित्र क्षेत्रमा सौगात मल्ल, नाजिर हुसेन र विपिन कार्कीलगायत कलाकारहरुको अद्भुत क्षमताको चर्चा गर्दै क्षमतावान् निर्देशकहरुको कमी रहेको बहस पनि सुनिन्छ । तर निर्देशक लामिछाने सधै चलचित्रको कथालाई मौलिक दृष्किोणबाट सोच्ने र रोचक ढंगले क्यामेरामार्फत चलचित्रको पर्दामा कथा भन्न उत्सुक हुने निर्देशकका रुपमा दरिएका छन् ।
पछिल्लो पुस्ताका राम्रो क्षमता भएका चर्चित हास्य कलाकार केदार घिमिरेलाई ठूलो पर्दामा डेव्यु गराउने आँट गरेका छन् । चौतर्फी उत्साहित प्रतिकृया र प्रशंसाले उनी चलचित्र क्षेत्रमा छाप राम्रो छोड्ने कुरामा ढुक्क छन् ।
चलचित्रमार्फत दर्शकमाझ दुःखका कथा र व्यथा पस्किरहेका निर्देशक लामिछानेको आउँदो हप्ताबाट हास्यविधामा चलचित्र माग्नेराजा प्रर्दशनको तयारीमा छ । दर्शकलाई फरक स्वाद दिन उनी सर्वाधिक रुचाइएको हास्य विधा(जनरा)मा पाइला टेक्दैछन् । सामाजिक सञ्जालमा भइरहेको चर्चा , टिजर गीत र टे«लरको प्रतिकृया हेर्दा आम मान्छे उनको चलचित्र हेर्न पर्खेर बसेका देखिन्छन् ।








प्रतिक्रिया