२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपा सभापति रवि लामिछानेलाई स्थानान्तरण ल्याइयो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ललितपुरको नख्खु कारागार लगिएको छ।

विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर उनलाई सिधै नख्खु कारागार पुर्‍याइएको हो।

बुटवलको सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेपछि तत्काल स्थानान्तरण हुन नसकेको हो।

लामिछानेलाई नख्खु कारागार पुर्‍याउँदा उनको स्वागतमा पार्टीका सांसद र नेताहरू पनि पुगेका थिए।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।