१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा



 

चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ ।
सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी विधामा रहनेछ ।

तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ ।

टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ ।

चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए । भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन् । ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् ।

इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘कहाँ गयौ तिमी।।।’मा कोको कलाकार रहनेछन्, त्यो भने निर्माणपक्षले खुलाएको छैन ।

यो चलचित्रको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ ।”

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।