८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्नेराजा’ले १५ करोडको व्यापार गरे कलाकार केदार घिमिरेको ६१ लाख पारिश्रमिक



ललितखबर
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘माग्नेराजा’ले देशभरबाट १५ करोड व्यापार(ग्रस कलेक्सन) गरे कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक पाउने भएका छन् ।
एक टेलिभिजन कार्यक्रममा कलाकार घिमिरेले निर्माता मुनाल घिमिरेले १५ करोड व्यापार गरे ६१ लाख दिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
सोही कार्यक्रममा निर्देशक ऋषि लामिछानेले १५ करोड व्यापार गरे ६१ परिश्रमिक दिनु पर्ने बताए ।
केही दिन अघि घिमिरेलाई ६१ लाख पारिश्रमिक दिइएको पुष्टि गर्दै ७ लाख ५० हजार आन्तरिक राजस्व कार्यालयलाई कर तिरेको रसिद सार्वजनिक भएको थियो ।
आउँदो भदौं ६ गते शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा ‘माग्नेराजा’ प्रर्दशन सुरु हुँदैछ ।
चलचित्रमा केदार घिमिरे ‘माग्नेबुढा’, बर्षा सिवाकोटी,विल्सनविक्रम राईलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको निर्देशक ऋषि लामिछाने हुन् भने मुनाल घिमिरेले चलचित्र निर्माण गरेका छन् ।
अभिनेता घिमिरेलाई निर्देशक लामिछानेले हिरोको रुपमा डेव्यु गराएका हुन् । घिमिरेले पाएको यो नै सर्वाधिक पारिश्रमिक रकम हो । यस अघि अभिनेता अनमोल केसीले कर कार्यालयमा ५० लाख रुपैयाँको कर तिरेको रसिद तिरेको पुष्टि गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।