२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘परालको आगो’को वर्कसप: छायाङ्कन भदौ २६ देखि सुरु हुने



काठमाडौं । साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्म वर्कसप चरणमा प्रवेश गरेको छ। आइतबारदेखि कलाकारहरुलाई वर्कसपमा सहभागी गराइएको र भदौ २६ गतेदेखि छायाङ्कन सुरु गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।

वर्कसपमा शीर्ष कलाकार सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा लगायत सहभागी छन्। कलाकार जितु नेपाल ‘मुन्द्रे’को बाहिरिएपछि सौगात मल्ल भित्रिएका र उनी निरन्तर वर्कसपमा सक्रिय रहेका निर्देशक लक्ष्मण सुनारले जानकारी दिए।

फिल्मको छायाङ्कन म्याग्दीका रमणीय स्थानमा गरिनेछ। सुशील पोखरेल निर्माता रहेका फिल्मको पटकथा सुशील देवकोटाले लेखेका हुन्।

‘परालको आगो’ कथा अघिल्लोपटक झण्डै ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि पर्दामा उतारेका थिए।

 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।