काठमाडौं
कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको र करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत रहेको जनाएको छ ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।
रक्सी उत्पादन क्षेत्रमा प्रहरीको छापा मारेको छ । छापाको क्रममा नेपालीसहित विभिन्न देशका ६७ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।
पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको प्रहरीले ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिएको छ ।
आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।








प्रतिक्रिया