आफ्नो फिल्मी यात्राको समिक्षा गर्दै अभिनेत्री स्वस्तिमा खड्काले आनन्द लागेको अनुभव बाँडेकी छिन् ।
अभिनेत्री स्वस्तिमा खड्का १० बर्षे चलचित्र यात्रामा अहंकार र वैराग्य जीवदेखि भागेको बताउदै पहिलोपटक आफूलाई सेतो पर्दामा आफूलाई देख्दा अलिकता लाज, उत्साह र गर्वानुभूति गरेकी अभिनेत्री आफ्नो कलिली स्वस्तिमाको समयलाई स्मरण गर्दै अग्रजहरूको मार्गदर्शनले सिनेमाको कखरा सिकाएको अनुभव साटेकी हुन् ।
सामाजिक सञ्जालमार्फत स्वस्तिमा आफ्नो आउँदो यात्रा सम्झेर म रोमाञ्चित हुने गरेको लेखेकी हुन् ।
उनी भन्छिन्,‘म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ । यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ । “ओहो ! यति धेरै गरिसकें“ भन्ने भावले अहंकारी बनाउँछ । “हत्तेरी ! केही गर्नै सकिनँ“ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ । म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ । त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें । तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो ।’








प्रतिक्रिया