५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आफ्नो फिल्मी यात्राको समिक्षा गर्दै अभिनेत्री स्वस्तिमा भन्छिन्, ‘आनन्द लाग्छ’



 

आफ्नो फिल्मी यात्राको समिक्षा गर्दै अभिनेत्री स्वस्तिमा खड्काले आनन्द लागेको अनुभव बाँडेकी छिन् ।

अभिनेत्री स्वस्तिमा खड्का १० बर्षे चलचित्र यात्रामा अहंकार र वैराग्य जीवदेखि भागेको बताउदै पहिलोपटक आफूलाई सेतो पर्दामा आफूलाई देख्दा अलिकता लाज, उत्साह र गर्वानुभूति गरेकी अभिनेत्री आफ्नो कलिली स्वस्तिमाको समयलाई स्मरण गर्दै अग्रजहरूको मार्गदर्शनले सिनेमाको कखरा सिकाएको अनुभव साटेकी हुन् ।

सामाजिक सञ्जालमार्फत स्वस्तिमा आफ्नो आउँदो यात्रा सम्झेर म रोमाञ्चित हुने गरेको लेखेकी हुन् ।

उनी भन्छिन्,‘म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ । यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ । “ओहो ! यति धेरै गरिसकें“ भन्ने भावले अहंकारी बनाउँछ । “हत्तेरी ! केही गर्नै सकिनँ“ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ । म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ । त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें । तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो ।’

 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।