२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मैझारो’मा दयाहाङ राईको भेषभूषासहितको झलक



काठमाडौं । चलचित्र ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको झलक सार्वजनिक गरिएको छ। छायांकन अन्तिम चरणमा पुगेको बेला दयाहाङलाई लिम्बु समुदायको भेषभूषामा तीर हानिरहेको मुद्रामा देखाइएको छ।

यो झलक सार्वजनिक भएसँगै फिल्ममा दयाहाङको संलग्नता औपचारिक रूपमा पुष्टि भएको हो। यसअघि उनको अनुबन्धनलाई गोप्य राखिएको थियो। फिल्मका निर्देशकसमेत रहेका अभिनेता राईले दयाहाङको लुक्स सार्वजनिक गर्दै दर्शकलाई सरप्राइज दिएका हुन्।

फिल्मको छायांकन साउनको पहिलो सातादेखि इलाममा भैरहेको छ। दयाहाङसँगै फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको पनि अभिनय रहनेछ।

फिल्मको छायांकन हाल अन्तिम चरणमा पुगेको बताइएको छ। छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलमा गरिएको छ।

फिल्म‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।