१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म ‘माग्ने राजा’ रिलिजअघि केदार घिमिरे पुगे पुर्ख्यौली घर, लिए बुवाको आशीर्वाद



काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) फिल्म ‘माग्ने राजा’को रिलिजको तयारीमा व्यस्त भए पनि उनले प्रचारभन्दा बढी महत्त्व दिन्छन् — बुवाको आशीर्वाद।

बुधबार बिहानै केदार मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगे। उनले भने, “हामी घरपरिवार छाडेर दौडधुप गरिरहेका हुन्छौं। आशीर्वाद लिएपछि फर्किंदा रिलिफ पनि हुन्छ। म हरेक रिलिजअघि घरमा आउँछु र बुवाको आशीर्वाद लिन्छु।”

८० वर्षीय बुवाले छोरासँग मजाक गर्दै भने, “अब त धेरै कर तिर्ने कलाकार भएछस्!” घर पुग्दा केदारको पारिश्रमिकबारे पनि उनले कुरा सुनेको बताएका थिए। तर, कुरो यत्तिमै टुंगिएन; बुवाले छोराले आफ्नो अधुरो कलाकारिताको सपना पूरा गरेकोमा गर्व व्यक्त गरे।

केदारले फिल्मी करियरको सुरुवात ‘मेरी बास्सै’बाट गरेका थिए र अहिले ‘माग्ने राजा’सम्म आइपुगेका छन्। उनका लागि, रिलिजअघि बुवाको आशीर्वाद लिने परम्परा अहिलेसम्म कायम छ।

फिल्म ‘माग्ने राजा’ शुक्रबारबाट रिलिज हुँदैछ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।