२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रंगमञ्चका कलाकारहरुको चलचित्र भवनमा खुशीयाली



काठमाडौँ
रंगमञ्च र सिनेमा कलात्मक कथा भन्ने फरक माध्यम हुन् । केही बर्षअघिसम्म रंगमञ्चमा रमाउनेहरु सिनेमा हलसम्म कला पस्कने गरेको पाइन्थ्यो । आजकल रंगमञ्च हुँदै चलचित्रमा फड्को मार्ने चलन बढ्दो छ । रंगमञ्चका कलाकारहरु सिनेमामा स्थापित हुनेको लामै लर्को छ ।
मंगलबार साँझ राजधानीको बानेश्वरस्थित एक चलचित्र भवनमा रंगमञ्चमा अभिनय गरिरहेका थुप्रै कलाकारहरु भेला भए । रंगमञ्चका कलाकारहरुको कलात्मक प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘ताराहरू’को प्रिमियरका लागि उनीहरु भेला भएका थिए ।
रंगमञ्चमा स्थापित कलाकार आशान्त शर्माको अभिनय र निर्देशनमा बनेको चलचित्र ‘ताराहरू’का कलाकारहरु आशान्त शर्मा र मेनुका प्रधानसँगै कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारहरु रंगमञ्चको अनुभव ठूलो पर्दामा हेर्न सहभागी थिए ।
प्रिमियरमा सहभागी कलाकारहरु चलचित्रको पर्दामा आफ्ना साथीहरुलाई देख्दा होहल्ला गरेर खुशीयाली मनाइरहेका थिए । ठाँउ ठाँउमा उनीहरुको ताली बज्थ्यो । हाँसोको खित्ला सुनिनथ्यो ।
चलचित्र हेरेर शुभकामना दिन अभिनेत्री निशा अधिकारी, हेना नगरकोटीलगायत कलाकार पत्रकार र शुभेच्छुकहरु समेत प्रिमियरमा सहभागी थिए ।
डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत चलचित्र हेरेपछि सबै जसो कलाकारहरुले मन छोएरको प्रतिकृया दिएका थिए ।
चलचित्रलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिएसँगै यो सिनेमा बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न  सक्छन् ।
आउँदो शुझबार (भदौ ६) गतेदेखि देशभर प्रदर्शन हुने चलचित्र २ घण्टा २९ मिनेट लामो छ ।
नाटक ‘साथी, साथी आइदेऊ न’को विस्तृत रुपमा चलचित्र निर्माण गरेको निर्देशक शर्माले जानकारी दिएका छन् ।
नाटक हेरेपछि सबैको उत्साहजनक प्रतिकृयापछि चलचित्र निर्माण गरेको उनी बताउछन् ।
रङ्गमञ्चमा मात्र देखाई रहँदा कथाले न्याय नपाएको महसुस गरेका कलाकार शर्माले चलचित्र हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्ने अपेक्षा गरेको बताउछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।