पछिल्लो बर्षहरुमा केही चलचित्रहरुको उत्साहजनक व्यापारपछि निर्माताहरुको मनोबल बढेको छ । एक सय हाराहारी चलचित्र बन्ने बजारमा अहिले धमाधम चलचित्र घोषणा र निर्माणको काम भइरहेको पाइन्छ ।
पछिल्लो समय नेपाली चलचित्रहरु पाँच करोडभन्दा पनि धेरै लगानी गर्ने क्रम बढेको देखिन्छ । ओभरसिज मार्केटमा बक्सअफिस रिलिज( बक्सअफिस सिस्टमबा प्रवेश गराएर चलचित्र प्रर्दशन) हुन थालेपछि धेरै पैसा विभिन्न देशहरुबाट आउने भएपछि निर्माताहरुमा उत्साह बढेको बुझ्न सकिन्छ ।
‘माइतीघर’ चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार यस चलचित्रको शिर्ष गीत छायांकनका लागि करिव ५० लाख खर्च भएको छ । सो गीत ११ दिन लगाएर छायांकन गरिएको उनले जानकारी दिए ।
निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको टिकटक भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफीमा बाग्लुङमा गीत छायांकन गरिएको हो ।
नयाँ शैलीमा नै छायांकन गरिएको गीतमा अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । यो गीत आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।








प्रतिक्रिया