सिक्वेल चलचित्र कबर्डीकी मैया अर्थात् रेश्मा गुरुङ रिमैमार्फत दयाहाङ राई(ठाकुर)को जोडी बनेर पर्दामा देखिने भएकी छिन् । कबर्डीको अर्की पात्र गौमाया गुरुङ पनि रिमैमा रोचक पात्रको रुपमा अभिनय गरेकी छिन् ।
भर्खरै सार्वजनिक ट्रेलरमा रेश्मा रुपाचरित्रको रुपमा पर्दामा उदाउने भएकी हुन् । मगर संस्कृती अनुसार वाल्यकालममा धागो बाँधेर विवाह पक्का गर्ने चलनलाई पछ्याउदै चलचित्रमा अर्पण थापा, दयाहाङ राई र रेश्मी गुरुङबीचको रोचक त्रिकोणात्मक प्रेमकथामा हेर्न पाइन्छ ।
चलचित्रमा नेपाली समाजमा मान्दै आएको मगर संस्कृतीका थुप्रै झलकहरु दखिन्छ । वुवाआमाको चरित्रमा सदाबहार माउत्से गुरुङ र कविता आले डकुड्रामा शैलीमा निर्माण गरिएको चलचित्रमा अभिनय गरेको देखिन्छ । चलचित्रमा संस्कृती परम्परा र मायाँप्रेमबीचको द्वन्द्व रहेको छ ।
चलचित्रमा दयाहाङ राई उस्तै सोझो गाउले युवकको चरित्रमा अभिनय छ । दयाहाङको अभिनय शैलीमा केही फरक देखिन्छ । अरु चलचित्रको जस्तै ठ्याक्कै उस्तै छन्, उनी ।
यही भदौको २० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘रिमै’को खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको छ । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्र कबड्डी सुपरहिट भएपछि दर्शकले रेश्मा गुरुङ र दयाहाङ राईको जोडी फेरि हेर्न चाहना राखेका थिए । तर अभिनेत्री रेश्मा चलचित्र क्षेत्रभन्दा टाढा थिइन् ।








प्रतिक्रिया