२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जेरीः अन टप’को हलिउड शैलीको टिजर सार्वजनिक



 

भिएफएक्सको प्रयोगसँगै उच्च प्रविधिको प्रयोगबाट निर्माण गरिएको चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा मेगास्टारको परिचय पाएका अभिनेता अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदारप्रसाद घिमिरे, उषा खड्गी, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

विश्वको अग्लो हिमाल सगरमाथा चढ्न हिडेका अनमोल केसी(जेरी)को संर्घषको कथा रहेको चलचित्रमा उच्चस्तरिय मेकिङ रहेको देखिन्छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रको टिजरमा अनमोल र जसिताबीचको चुम्बनको दृश्य समेत समेटिएको छ ।
चलचित्रमा सजन लोप्चन र प्रभात पौड्यालले मेहनतका साथ भिएफएक्स प्रविधिको प्रयोग गरिरहेको बुझ्न सकिन्छ ।
चलचित्र यही असोज ३१ गतेदेखि प्रर्दशनमा आउदैछ । टिजर सार्वजनिक भएसँगै अनमोल केसीका फ्यानहरुले प्रतिकृया दिदै चलचित्रको टिजर राम्रो बनेको लेखेका छन् ।

टिजरमा प्रयोग फुटेजमा किरण थापाको सुन्दर सिनेमेट्रोफीको मज्जा लिन सकिन्छ ।
साइग्रेस पोखरेल क्रियटिभ लेखक रहेको चलचित्र ‘जेरीः अन टप’को विश्वास तिम्सिनाको पटकथा रहेको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा अनन्या फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘जेरीः अन टप’को निर्देशन सुयोग गुरुङले गरेका हुन् ।

 

 

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।