१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन भन्दै धातु बिक्री गर्ने एक युवक राजधानीबाट पक्राउ



काठमाडौं
राजधानीको गोगंबुबाट सुन भन्दै धातु बिक्री गर्ने एक युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित क्वालिटी क्याफेमा नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्री गर्न लागेको अवस्थामा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो

सो क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको छ ।

साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरकिो भनाई छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।