ललितखबर
अभिनेता भुवन केसी र छोरा अनमोल केसी चलचित्र जेरी अन टपमा पहिलो पल्ट देखिदैछन् । वाबुको भूमिकामा रहेका भुवन केसी छोरा अनमोललाई थप्पड हानेको दृश्य चलचित्रको टिजरमा समेटिएको छ ।
छोरालाई जीवनभर थप्पड नहानेका उनी अनमोलसँग त्यो सिन खिच्न ज्यादै अप्ठ्यारो परेको अनुभव सुनाउछन् । भन्छन्, ‘मैले अनमोललाई थप्पड हान्नु त परको कुरा ठूलो स्वरले हप्काएको पनि छैन । मलाई त्यो दृश्य खिच्न यस कारण गाह्रो भयो । एकातिर मैले त्यो दृश्य राम्रो देखाउनु थियो । अर्कोतर्फ अनमोललाई चोट नलागोस् भन्ने लागिरहेको थियो ।’
अनमोललाई थप्पड हानेको दृश्य सिनेमेट्रोग्राफर दिलिप रेग्मीले चलाखीपूर्ण तरिकाले राम्रो बनाएर खिचेको भन्दै भुवन केसीले प्रशंसा गरे ।
तर अनमोलले लङ सड छायांकनको क्रममा वुवा भुवन केसीले जोडले हानेको अनुभव सुनाए । नजिकबाट खिच्दा भने माया गरेको उनको अनुभव छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र क्षेत्रमा लामो समयसम्म अन्य हिरोहरुसँग प्रतिपर्धामा उत्रेका भुवन केसी छोरासँग चलचित्रमा खेल्दा अनमोलले झन् राम्रो गरोस् भन्ने लागेको उनले बताए । भने, ‘मैले उसँग चलचित्रमा देखिरहँदा उनले मलाई जितेर अघि बढोस भन्ने लाग्छ ।’
छोरा अनमोलले चलचित्र क्षेत्रमा प्रवेश गर्दा परिवारवादलाई प्रक्षय दिएर अभिनेता भुवन केसीले अघि बढाएको आरोप लागेको थियो ।
उनले अभिनेता समिर भट्टलाई देखाउदै अभिनेता विराज भट्टको छोराको चलचित्र क्षेत्रमा परिवारवाद्को प्रसंग हटेको बताए । उनले भने, ‘म खुशी छु ।’








प्रतिक्रिया