१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुबी हत्या प्रकरणः लक्ष्मण पासवानले घटना स्वीकारे तर परिवारमाथि आरोप नै आरोप



काठमाडौं । रौतहटकी रुबी साहको हत्याका मुख्य दोषी मानिएका लक्ष्मण पासवानले हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।

पासवानले बुधबार बिहान एक भिडियो सार्वजनिक गर्दै आफूले नै रुबीको हत्या गरेको र आफू पनि बाँच्न नचाहेको खुलाएका थिए । त्यसो त भिडियो सार्वजनिकपछि पासवानले पनि आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले गम्भीर घाइते अवस्थामा रौतहटको माधवनारायण नगरपालिका–६ स्थित खेतबाट पासवानको उद्धार गरेको थियो ।

पासवानलाई उद्धार गरी रौतहटमै प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । पासवानका अनुसार उनीहरु दुवैले यसअघि नै प्रेम विवाह गरिसकेका थिए । स्कुल पढ्ने बेलै लभमा परेको र कक्षा १० मा पुगेपछि आफूहरु भागेको बताए । उनीहरुले भागेर सर्लाहीमा पुगेर आफूखुसी विवाह गरेका थिए । रुबीको आमाले आफूसँग पैसा नभएका कारण रुबी र आफूलाई अलग गरिदिएको आरोप लगाएका छन् ।

परिवारले नै सम्बन्ध स्वीकार नगरेपछि छुट्टिएका उनीहरु दुवैले विवाह गरेका थिए । रुबीले भारतमा बिहे गरेकी थिइन् । तर नेपालमा आएका बेला रुबीकी आमाले निरन्तर दुवैको नाम लिएर आफूहरुलाई गाली गर्ने गरेको समेत आरोप लगाएका छन् ।

पासवानले आफैँले रुबीको हत्या गरेको स्वीकार सोही भिडियोमार्फत् गरेका थिए । उनले आजै बिहान सो भिडियो कुमारी ज्योती भन्ने आइडीबाट अपलोड गरेका थिए । प्रहरीप्रति आफ्नो सम्मान रहेको बताउँदै आफूले सजाय भोग्न तयार रहेको तर आफ्नो सजाय आफैँ गर्ने समेत बताएका छन् । प्रहरीले पक्राउ गरेमा आफूले सजाय काटेर केही वर्षमा निस्किने तर आफूलाई बाँच्नै मन नभएको भन्दै आगो लगाएर मर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।