१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कोशेढुंगा’ आजबाट देशभरका चलचित्र भवनहरुमा प्रदर्शन सुरु



काठमाडौं
चलचित्र ‘कोशेढुंगा’ आजबाट देशभरका चलचित्र भवनहरुमा प्रदर्शन सुरु भएको छ ।
चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।

राजधानीमा बुधबार आयोजना गरिएको प्रिमियरमा सहभागीहरुले यो चलचित्रको प्रशंसा गरेका थिए । वैदेशिक रोजगारीमा गएको व्यक्तिको दुःखदायी कथा प्रस्तुत गरेको चलचित्रको
निर्देशक सरोज पौडेल रहेका छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।