२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’मा सशक्त कलाकारहरुको भीड



 

काठमाडौं

अपराध विधामा निर्माण गरिएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलरले नेपाली समाजको सामाजिक मनोविज्ञानलाई बोकेको पाइएको छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते प्रर्दशन हुने चलचित्रको ट्रेलर निर्माणपक्षले  सार्वजनिक गरेको हो ।

नेपाली कला क्षेत्रका सशक्त कलाकार कामेश्वर चौरासियालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रमा चर्चामा आएका अनुहारभन्दा पनि अब्बल कलाकारहरुको भीड देखिन्छ । कलकार लक्ष्मी बर्देबालाई निर्माण पक्षले पर्याप्त ठाँउ दिदै कामेश्वर चौरासियाको अपोजिट भूमिका दिएको छ । कलाकार बर्देबाले आफूलाई प्रमाणित गर्ने मौका पाएकी छिन् ।

चलचित्र छड्के, रेशम फिलिलि, लुट२, लालपुर्जा, कृ, कान्छी, फेरि रेशम फिलिलि, पिताम्बरको सशक्त भूमिकापछि कलाकार कामेश्वर फेरि आफूलाई प्रमाणित गर्ने ठाँउमा आइपुगेका छन् । ट्रेलर हेर्दा उनले चलचित्रलाई जुरुक्क बोकेका छन् । उनी यो चलचित्रलाई बोकेर दौड्छन् या सुस्ताउछन् त्यो चाही भदौ २७ गते प्रर्दशनपछि भन्न सकिन्छ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ । हिन्दी भर्सन पनि संसारभर प्रर्दशन हुनेछ ।

अब्बल अभिनय गर्ने कलाकार भन्दै जहाँत्यही प्रशंसा पाएकी अर्की कलाकार सरिता गिरीसँगै चलचित्रमा थियटरबाट फड्को मारेका किरण श्रेष्ठ प्रहरी इन्पेक्टरको रुपमा छन् ।

ट्रेलरले चलचित्रको धेरै कथा खुलासा गरेको पाइन्छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि चलचित्र घुमेको छ ।

घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारलाई देखाइएको छ ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।