काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले थापाको नाम सार्वजनिक गर्नुभयो । रास्वपाले प्राइमरी इलेक्सनमार्फत ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवारका रूपमा छनोट गरेको हो ।
कार्यबाहक सभापति अर्यालले प्राइमरी इलेक्सन प्रक्रियालाई स्वच्छ र विधिसम्मत भएको बताउँदै उम्मेदवार चयनमा कुनै बाह्य दबाब वा हस्तक्षेप नभएको दाबी गर्नुभयो । उहाँले थप्दै भन्नुभयो, “सचिवालय बैठकले निर्णय गरेको हो, सभापतिज्यूले पनि टेलिभिजनमार्फत थाहा पाउनु भएको छ।”








प्रतिक्रिया