२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्देशक सन्तोष सेन र दिपकराजबीच द्वन्द्व



ललितखबर

निर्देशक सन्तोष सेन र अभिनेताबीच दिपकराज गिरीबीच चर्को द्वन्द्व देखिएको छ ।
सामाजिक सञ्जालमा यी दुई चलचित्रकर्मीले एक अर्कालाई स्याल र चोरको संज्ञा दिदै वाकयुद्ध सुरु गरेका छन् ।
अभिनेता गिरीले सामाजिक सञ्जालमा ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ। आफ्नो हिरो बाघ! अरूको स्याल? याद गरौँ बाघ पनि जनावर नै हो!’
चलचित्र वलिदानका निर्देशक सो भनाई सामाजिक सञ्जालमा लेखेपछि कालीमाता र पशुपतिनाथको कसम खाँदै आफूले कहिल्यै कसैलाई गिराएर अगाडि बढ्ने ‘पापी सोच’ नपालेको दाबी गर्दै आफ्नो फेसबुकमा लेखे । उनले अभिनेता दिपकराजलेआफ्नो कमेन्ट डिलेट गरिदिएको भन्दै दुखमनाउ गरेका थिए ।
सो स्टाटसपछि दिपकराज थप आक्रमक देखिए । उनले लेखे, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले! बिचरो न त व्यंग्य बुझ्छ! न बौद्धिकता थाहा छ, बुरूक बुरूक साँढे उफ्रे झै उफ्रिन्छ! माया लाग्छ।’
सन्ताष सेनले आफूले आफूले गलत काम नगरेको भन्दै सामाजिक सञ्जालमा इश्वरको नाममा कसम खाँदै नकारात्मक कमेन्ट गर्न लगाएको भए, यसै क्षण मेरो जीवन अन्त्य होस् भन्दै लेखेका छन् ।

उनले लेखेका छन्,‘वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने,‘मैले “बलिदान” को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हु ।। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु । यसै क्षण मेरो जीवन अन्त्य होस् ।’
उता सामाजिक सञ्जालमा दिपक र सन्तोषको स्टाटस युद्ध चर्केपछि खिसिट्युरी सुरु भएको छ ।

गएको दशैंमा अभिनेता समिर भट्ट र विराज भट्टको अभिनय रहेको चलचित्र चलचित्र १२ गाँउ आफ्नो चलचित्र छक्का पञ्जा ५ एकै दिन प्रर्दशन सुरु भएपछि द्वन्द्वको विजारोपण भएको थियो । यो दशैंमा समिर भट्टको चलचित्र वलिदान प्रर्दशनको तयारीमा छ ।
आउँदो दशैंको छेको पारेर निर्माता तथा अभिनेता दिपकराज गिरीले चलचित्र प्रर्दशनमा ल्याउने गतबर्ष नै घोषणा गरेका थिए । उता विराज भट्टले पनि आउँदो दशैंमा १२ गाँउ २ प्रर्दशन गर्ने गरी काम अघि बढाएको घोषणा गरेका छन् ।
पछिल्लो समय चाड पर्वमा दर्शक चलचित्र हेर्न हलसम्म जाने संस्कृती विकास भएको छ । चाड पर्वमा चलचित्र प्रर्दशन गर्न ठूला भनिएका निर्माता र निर्देशकहरुबीच द्वन्द्व चर्कने गरेको छ ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।