२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक सञ्जय लीला भन्सालीविरुद्ध ठगी र दुव्र्यवहारको आरोप



मुम्बई
चर्चित निर्देशक सञ्जय लीला भन्सालीविरुद्ध ठगी र दुव्र्यवहारको आरोप लागेको छ ।

उनीविरुद्ध राजस्थानमा एफआईआरः लाइन प्रोड्युसरले ठगी र दुव्र्यवहारको आरोप लगाएसँगै कानुनी विवादमा फसेका हुन् ।

राजस्थानको बीकानेरमा उनी र उनको टिमका दुई सदस्यविरुद्ध एफआईआर दर्ता गरिएको छ।
गएके सोमबार लाइन प्रोड्युसर प्रतीक ताज माथुरले दर्ता गराएका हुन्। उनले ठगी, दुव्र्यवहार, र विश्वासघातको आरोप लगाएका छन्।
एफआईआरको विवरणसर्कल अफिसर विशाल जांगिडका अनुसार माथुरले आफूलाई भन्सालीको आउँदै गरेको चलचित्र लभ एन्ड वार का लागि लाइन प्रोड्युसरको रूपमा नियुक्त गरिएको दाबी गरेका छन् ।
तर, पछि उनको सम्झौता अचानक रद्द गरे । माथुरले निर्देशक भन्साली, निर्माता अरविन्द गिल र उत्कर्ष बालीमाथि बिना तलब आफूलाई प्रोजेक्टबाट हटाएको आरोप लगाएका छन्।
उनले निर्माणको क्रममा आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि विश्वासघात भएकोे भएको बताएका छन्।

उनले छायांकनका लागि आवश्यक सबै स्रोतहरूको व्यवस्था गरेका थिए र सरकारका विभिन्न विभागहरूसँग समन्वय गरेका थिए। तर, जब उनले भन्सालीको टिमलाई भेट्न होटलमा प्रयास गरे, उनलाई दुव्र्यवहार गरिएको र असम्मानपूर्ण व्यवहार गरिएको उनको आरोप छ ।
उनी विरुछ ठगी, आपराधिक षड्यन्त्र, र आपराधिक धम्कीका आरोपमा दर्ता गरिएको छ।
हालसम्म, सञ्जय लीला भन्साली र उनको टिमले यी आरोपहरूको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
फिल्म लभ एन्ड वार को बारेमाभन्सालीले निर्देशन गरेको लभ एन्ड वार एक महाकाव्य गाथा हो । जसमा रणबीर कपूर, आलिया भट्ट, र विक्की कौशल प्रमुख भूमिकामा छन्। चलचित्रमा रणबीर र विक्की भारतीय वायुसेनाका पाइलटको रूपमा प्रस्तुत हुने बताइएको छ ।
चलचित्रकाका केही भागहरू हालै राजस्थानमा छायांकन गरिएका थिए।
च्लचित्र सन् २०२६ को मार्चमा प्रदृशन हुनेछ । एफआईआर दर्ता भएसँगै बहुप्रतीक्षित चलचित्रको निर्माणमाथि छायाँ पारिदिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।