२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टिकाभैरव पुलबाट खसेकी युवतीको निधन



ललितपुर
दक्षिण ललितपुरको टिकाभैरव पुलबाट खसेर घाइते भएकी युवतीको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश.३–०१–००५ ख ९३४६ नम्बरको बसबाट खसेर सोही ठाउँ बस्ने ४५ वर्षीया गीता तिमल्सिनाको निधन भएको हो ।
मंगलबार बसबाट खसेर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा अस्पतालका डाक्टरहरुले बुधबार दिउँसो उनलाई मृत घोषणा गरेका थिए ।
उनको निधन भएसँगै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।