काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दोस्रोे विधान महाधिवेशनको पुर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने एजेण्डा तय भएको छ ।
भोली भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन हुँदैछ । अधिवेशनको तयारी तीब्र रुपमा अघि बढेको बताइएको छ ।








प्रतिक्रिया