१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार खड्कामाथिको धम्कीप्रति महासंघ एसोसिएट प्रदेश समितिकाे ध्यानाकर्षण



काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिले चलचित्र निर्माता रोहित अधिकारीले चलचित्र पत्रकार संघका सक्रिय सदस्य तथा सूत्र मिडिया प्रालीका अध्यक्ष एवं प्रकाशक केशव खड्कामाथि भौतिक आक्रमण गरी ज्यान मार्ने सरसल्लाह गरेको अडियो सार्वजनिक भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिले निष्पक्ष र व्यावसायिक पत्रकारितामाथि योजनाबद्ध आक्रमण गर्ने कुशित नियतलाई घोर भत्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नो चित्त नबुझ्दा वैधानिक प्रावधानअनुसार उजुरी वा गुनासो गर्न सक्ने व्यवस्था हुँदाहुँदै यसरी आक्रमणको योजना गर्नु नेपाली पत्रकारितामाथि प्रत्यक्ष आक्रमण हो।”

अडियोमा आएका भनाइहरू नेपालको फौजदारी कानुन अन्तर्गत पर्न सक्ने भन्दै समितिले पीडितलाई न्याय दिलाउन कानुनी बाटोमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, समितिले अडियोको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न राज्यका सम्बन्धित निकायलाई आग्रह गरेको छ।

महासचिव अशेष अधिकारीद्वारा जारी विज्ञप्तिमा आफ्ना सदस्यहरूलाई निष्पक्ष पत्रकारिता अगाडि बढाउन अनुरोध गर्दै, “हामी तपाईंहरूको हरेक परिस्थिति सामना गर्न साथ रहनेछौं” भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।