२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोहर’ प्रर्दशनको एक महिनापछि दर्शकले पाउदैछन् ‘सुनको मोहर’ जित्ने अवसर



 

चलचित्र ‘मोहर’ प्रर्दशनको एक महिनापछि निर्माण पक्षले दर्शक आर्कर्शित गर्न ‘सुनको मोहर’ उपहार लिएर आएको छ ।

गएको साउनको २३ गतेबाट प्रर्दशन सुरु भएको चलचित्र ‘मोहर’ अहिले हलमा प्रर्दशन भइरहेको छ । चार वटा हलमा गएर यो चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, किर्तिपुरको ‘किर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्ने निर्माण पक्षले जानकारी दिएको छ ।
म्याङ्गोमा चलचित्र हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा चलचित्र हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा चलचित्र हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा चलचित्र हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।

दर्शकले चलचित्रको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।

भदौ २३ गते भन्दा अगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ ।
विजेताहरुलाई फिल्मको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट चलचित्रमा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ ।
अब, यसको निर्माणपक्षले चलचित्र प्रर्दशन भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ ।
पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको यो चलचित्रमा अभिनय छ । फिल्म मेकर्स प्रा.लिले यो चलचित्र निर्माण गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।