७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी



काठमाडौं । देशभर नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने जनाएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम रहने र त्यसपछि परिस्थितिको मूल्यांकन गरेर थप निर्णय लिइने जनाएको हो।

सेनाले हालको आन्दोलनपछिको संवेदनशील परिस्थितिलाई सम्बोधन गर्दै समस्या समाधानका लागि सम्बद्ध पक्षबीच निरन्तर समन्वय भइरहेको पनि स्पष्ट पारेको छ।

यस्तै, आन्दोलनका नाममा हुने प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा व्यक्ति र सम्पत्तिमाथि लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिइने चेतावनी सेनाले दिएको छ। यस्ता गतिविधि रोक्न सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।