१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तोसिमा कार्की भन्छिन्– जेन जी पुस्तालाई आन्दोलनको क्षतिको दोष नलगाउनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जेन जी आन्दोलनका क्रममा भएको क्षतिको दोष जेन जी पुस्तालाई नलगाउन आग्रह गरेकी छन् ।

उनले जेन जी पुस्ताको साहसकै कारण देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको बताइन् ।

सांसद कार्कीले भनिन्, ‘देशमा भएको सम्पूर्ण क्षति र विनाशको दोष नवयुवालाई नभई, विगतमा देश लुट्ने भ्रष्टहरूलाई र हामी सबै नेपालीलाई लिनुपर्छ। नयाँ नेपालको नेतृत्व, अन्तरिम सरकार निर्माण र भावी सुनौलो नेपाल निर्माण गर्ने जिम्मा भने जेन जी पुस्ताकै हो ।’

उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपाका सबै दललाई नयाँ नेपाल निर्माणमा सक्दो सहयोग गर्न आह्वान गरिन् । साथै, विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्नेमा जोड दिँदै उनले जेन जी पुस्तालाई संयमित, सुरक्षित र जिम्मेवार भएर अघि बढ्न आग्रह गरिन् ।

‘म पनि सधैँ तपाईँहरूको साथमा इमानदार भएर उभिनेछु, जसरी तपाईँहरूले दुई दिनमै भ्रष्टहरूको पञ्जाबाट देशलाई आजाद बनाउनुभयो,’उनले बताइन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।