१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश



काठमाडौं । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ। साथै, बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू गरिने जनाएको छ।

सेनाले विज्ञप्तिमा भनिएको छ, “पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणपछि नागरिकको धनजनको सुरक्षाका लागि कर्फ्यू जारी गरिएको हो।”

अत्यावश्यक सेवामा छुट

कर्फ्यू तथा निषेधाज्ञा अवधिमा पनि अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न पाइनेछ। छुट पाउने सेवामा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारीसाधनसहित खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने गाडीहरू परेका छन्।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।