पुुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको निकास संविधान र संसदीय प्रक्रियाभित्रबाट खोज्न आग्रह गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले जेन–जी पुस्ताले उठाएको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध नभएको तर्क गर्दै संसद् विघटन जगर्न आग्रह गरेका हुन् ।
सवज्ञप्तीमार्फत उनले भनेका छन्,‘समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु¥याउने छ ।’
प्रचण्डले जेन–जी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् ।








प्रतिक्रिया