काठमाडौं
काठमाडौंको नैकापमा ट्याङ्करको ठक्करपछि स्कुटरमा सवार बृद्धको निधन भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित सडकमा लु.१ क ४४२५ नम्बरको ट्याङ्करले बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा आइतबार दिउँसो स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
३० भाद्र २०८२, सोमबार
50
Shares








प्रतिक्रिया