२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डा.सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफ्नो नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतलाई मन्त्री पदका लागि प्रस्ताव राखेकी थिइन् । तर डा. रुइतले आफ्नो चिकित्सकीय जिम्मेवारी र बिरामीको सेवालाई प्राथमिकता दिने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले भने, “यहाँ अस्पतालमा बिरामीको सेवा छ, यति धेरै काम छ, यो सबै छोडेर मन्त्री बन्न सकिँदैन ।” उनले आफ्नो पेशाप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै बिरामीको सेवामा निरन्तर लागिरहने बताए ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा मन्त्रीका रूपमा डा. रुइतको नाम चर्चामा आएको थियो । तर उनले बारम्बार आफ्नो चिकित्सकीय पेशामार्फत नै समाजसेवा गर्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री कार्कीले गत शुक्रबार अन्तरिम सरकारको नेतृत्व सम्हालेकी थिइन् । हाल तीन मन्त्री नियुक्त भइसकेका छन् भने सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।