२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वडाध्यक्ष थापाद्वारा यूएइमा अलपत्र युवाको उद्धार



लेखनाथ

पाँच महिनादेखि युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखराका युवक अमृत रानाभाटलाई सोही स्थानका वडाध्यक्षले उद्धार गरेर परिवारलाई बुझाईएका छन् ।
पोखरा महानगरका अध्यक्ष नरेन्द्र थापाले युएई देखि रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन ।
रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए ।

शुरुमा एघारसय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाएपछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भनेजति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए ।
कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखी उनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयन पटक घर आउन खोजे रानाभाटले भन,‘तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।” अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अविभावकनै भेट्टाएको अनुभव भएको थियो, रानाभाटले भने ।
कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिन काट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताए उनले भने, ‘गर्मीबाट बच्न दिनभरी सार्वजनिक यातायातमा हिड्थे ।

खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा पुगेका अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन ।
छोरालाई उद्धार गरेर ल्याईदिए पछि रानाभाटकी आमा शान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको बताइन् । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्र परेको भिडियो गाउँले देखाईदिएको बताईन । छोरा फर्कियो, अव यही सहारा हो, शान्तिले भनिन् ।
घर फर्किएका अमृतले पनि अव गाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने बताएका छन् ।

अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट युएई पुगेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।