२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमती प्रदेशका सभामुखले अचानक दिए राजीनामा



काठमाडौं । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले अचानक राजीनामा दिएका छन्। नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजिनामा दिएको उनको पत्रमा उल्लेख छ।

‘गत भाद्र २३ गते जैन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाववियोल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरेँ ।’ राजीनामा पत्रमा भनिएको छ,‘तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।